• समाचार

    बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, शंका छैनः भारतीय विदेश मन्त्रालय

      ओमकार टाईम्स


    भारतले गौतम बुद्ध नेपालमा जन्मिएको स्पष्टिकरण दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई भारतीय भनेर चिनिने बताएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

    भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री जयशंकरको अभिव्यक्ति सच्याउँदै बुद्धको जन्म नेपालमा भएको विषयमा कुनै शंका नरहेको बताएको छ ।

    ‘हिजो विदेशमन्त्रीको टिप्पणी हाम्रो साझा बुद्धिस्ट सम्पदाको विषयमा थियो’, विज्ञप्तिमा भनिएको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

    प्रतिकृया दिनुहोस