• फिचर

    इन्द्र भण्डारीको पहलमा दमकस्थित आम्दा अस्पतालमा आयो भेन्टिलेटर सहित लाखौको स्वास्थ्य सामाग्रि

      ओमकार टाईम्स


    दमक/ नेकपा प्रदेश सम्पर्क कमिटी प्रदेश १ का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिब एवं दमकका स्थायी बासिन्दा इन्द्र भण्डारीको विशेष पहलमा दमकेली तथा आसपासका जनताको स्वास्थ्य सुरक्षाका लागि दमकस्थित आम्दा अस्पताललाई लाखौ मूल्य बराबरको स्वास्थ्य सामाग्रिहरु उपलब्ध भएकाछन् ।

    दमक नगरपालिकाले सामुदायिक अस्पतालको रुपमा विकास गर्ने भनिएको आम्दा अस्पताललाई कोभिड १९ को यो महामारीको अवस्थामा कार्य गर्न सहजहोस भनेर भण्डारीले भेन्टिलेर, गुणस्तरीय पीपीई, माक्स, ग्लोब्स लगायतका अत्यआवश्यकीय स्वास्थ्य सामाग्रिको ब्यवस्थापन गरेकाहुन् ।

    आम्दा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट प्रकाश शर्माले यस्तो महामारीको अवस्थामा यस क्षेत्रका जनता तथा विरामीलाई सेवा दिनका लागि अतिआवश्यकीय सामाग्रि पठाएर भण्डारीले ठुलो गुन लगाएको जनाएकाछन् । केहि सामाग्रिहरु आईसकेको र अझै सामाग्रिहरु आउने क्रममा रहेको पनि बताईएको छ । सायद आजभोली नै त्यो सामाग्रि पनि आइपुग्दैछ, उनले भने ।

    अस्पतालका निवर्तमान मेडिकल सुपरीटेन्डेन्ट डा. नविन ढकालका अनुसार सरकारी तथा नीजि क्षेत्रबाट अहिलेसम्म आम्दा दमकले यो महामारीमा यति ठुलो सहयोग प्राप्त गरेको थिएन । यो साच्चै भन्नुपर्दा यस्तो अवस्थामा ठुलो र महत्वपुर्ण सहयोग हो, उनले भने ।

    भण्डारीका अनुसार पत्रकार एवं प्रभावकारी मिडिया प्रा.लि.का अध्यक्ष विष्णुप्रसाद पोखरेल र आम्दा अस्पतालका निर्वतमान मेसु डा. नविन ढकालले अस्पतालको अवस्था र यहाँ यस प्रकारका अति आवश्यकीय सामाग्रि आवश्यक भएको बिषयमा जानकारी गराएपछि यसमा ध्यानकर्षण भएको बताए ।

    कोरोनाको महामारी फैलन सक्ने सम्भावाना र यहाँको तयारी लगायतका बिषयमा भण्डारीलाई अवगत गराईएको थियो । त्यहाँको अवस्था र सम्भावित महामारीसंग जुध्न सानो सहयोग पुगोस भनेर मैले स्वास्थ्य सामाग्रि जुटाउने प्रयत्न गरेको हुँ, उनले भने । दमक अस्पताल र आम्दा अस्पतालले थप सामाग्रिहरु पनि पठाउने ब्यवस्था मिलाईएको पनि भण्डारीले जनाएकाछन् । सवाल नेपालबाट साभार

    प्रतिकृया दिनुहोस