• समाचार

    झापा को पर्यटकीय स्थल दोमुखा शनिबार बाट सिल

      रबिन घिमिरे


    पूर्वको प्रसिद्ध स्थलको रुपमा रहेको झापा शिबसताक्षी-१० मा पर्ने पर्यटकीय क्षेत्र दोमुखामा आगान्तुकहरुलाई प्रबेश गर्न रोक लगाएको छ । कोरोना भाइरस संक्रमण समुदायमा देखिएसँगै नगरपालिकाले पर्यटकीय क्षेत्रमा रोक लगाएको हो ।

    नगरले कोरोना भाइरस रोकथाम समन्वय समितिले दुई दिन अघि मानिसको बढी जमघट हुने क्षेत्रमा आवत जावतमा रोक लगाउने निर्णय गरेको थियो । यस्तो महामारी को समयमा पनि विभिन्न क्षेत्र बाट अधिकांश मानिसहरु गर्मी छल्न र मनोरञ्जन का लागि दोमुखा आउने गरेको स्थानीयबासी बताउँछन् ।

    जसका कारण कोरोना भाइरस संक्रमणको जोखिम उतिकै बढेको शिवसताक्षी वडा नंं १० का वडाध्यक्ष कर्णबहादुर थापाले बताए । थापाका अनुसार शनिबारबाटै सो क्षेत्रमा सुरक्षा कर्मीले निगरानी गर्ने छन् र दोमुखा धनुषकोटी जोड्ने कनकाई नदिमा निर्माण भएको झोलङ्गे पूल पनि ‘सिल’ गर्ने जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस