• समाचार

    राष्ट्रिय सभा समितिका सभापतिहरु निर्विरोध निर्वाचित

      ओमकार टाईम्स


    काठमाडौंः राष्ट्रिय सभाका ४ जना सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।

     

    शुक्रबार राष्ट्रिय सभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका हुन् ।

    निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा माननीय तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा माननीय परशु राम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा माननीय राम नारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा माननीय दिल कुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस