• समाचार

    कोरोना संक्रमणबाट भारतमा पूर्वमन्त्रीको निधन

      ओमकार टाईम्स


    कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भारतीय मार्क्सवादी पार्टी (सीपीएम) का वरिष्ठ नेता तथा पश्चिम बंगाल राज्यका पूर्वमन्त्री श्यामल चक्रवर्तीको मृत्यु भएको छ ।

    ७६ वर्षीय चक्रवर्तीको मृत्यु उपाचारका क्रममा बिहीबार कोलाकातास्थित एक अस्पतालमा भएको हो । उनी सन् १९८२ देखि १९९६ सम्म पश्चिम बंगाल राज्यमा यातायात मन्त्री थिए ।

    कोरोना परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएपछि ३० जुलाईमा उनी अस्पताल भर्ना भएका थिए । चक्रवर्ती पश्चिम बंगालमा कोरोनाबाट ज्यान गुमाउने दोस्रो ठूलो नेता हुन् ।

    उनीभन्दा पहिले कोरोनाबाटै तृणमूल कांग्रेसका विधायक तमोनास घोषको पनि मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस