• समाचार

    भारतका अर्का अभिनेताले गरे आत्महत्या 

      ओमकार टाईम्स


    बलिउड नायक सुशान्तसिंह राजपुतले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै अर्का एक अभिनेताले आत्महत्या गरेका छन् ।

    ‘सास भि कभी बहु ती और कहानी घरघर की’ नामको सिरियलबाट चर्चित नायक तथा मोडल समीर शर्माले बुधबार राति आत्महत्या गरेका हुन् ।

    प्रहरीका अनुसार ४४ वर्षका समीरले मलाडस्थित आफ्नो फ्ल्याटको किचनमा पंखामा कपडा बाँधेर झुण्डिएर आत्महत्या गरेका हुन् । उनी पछिल्लो १५ वर्षदेखि भारतीय टेलिभिजन क्षेत्रमा काम गरिरहेका थिए ।

    उनले सन् २००५ मा ‘दिल क्या चाहता है’ सिरियलबाट डेब्यु गरेका थिए । सन् २०१४ मा उनी फिल्म ‘हंसी तो फंसी’ मा देखिएका थिए ।

    रिपोर्टअनुसार मृत शरीरको अवस्था हेर्दा उनले दुई दिनअघि नै आत्महत्या गरेका थिए । सो घटनामा कुनै सुसाइड नोट समेत नभेटिएका कारण घटनाबारे थप केही उल्लेख गरिएको छैन ।

    बुधबार रातिको ड्युटीका क्रममा चौकीदारले उनको शव देखेपछि छिमेकीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

    यसअघि स्वास्थ्य समस्या देखिएपछि लामो उपचार गराएर निको भएका थिए । निको भएर काममा फर्किसकेका उनी हाल स्टार प्लसको शो ‘ये रिश्ता क्या कहलाता है’ मा काम गरिरहेका थिए ।

    प्रतिकृया दिनुहोस