• समाचार

    प्रचण्डको सचिवालयका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

      ओमकार टाईम्स


    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार निवासमा कार्यरत सुरक्षाकर्मी र अध्यक्ष परिवारका सबै सदस्यको कोरोना परीक्षण गर्दा नेपाल प्रहरीका ६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

    संक्रमण पुष्टि हुने सुरक्षाकर्मीको पद भने खुलाइएको छैन ।

    केही दिनअघि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो ।

    प्रतिकृया दिनुहोस