• समाचार

    धरान उप–महानगरपालिकाले पनि गर्‍याे लकडाउन घाेषणा

      ओमकार टाईम्स


    सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकाले लकडाउनको घोषणा गरेको छ ।

    आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरिएको धरान उप–महानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले जानकारी दिनुभयो ।

    समुदायस्तरमा कोरोना सङ्क्रमित थपिएको भन्दै सुनसरीको ईटहरी उपमहानगरपालिका, ईनरुवा नगरपालिका र दुहबी नगरपालिकाले हिजो लकडाउनको घोषणा गरेकामा आज धरान उपमहानगरपालिकाले पनि लकडाउनको घोषणा गरेको हो ।

    योसँगै सुनसरीमा लकडाउन गर्ने पालिकाको सङ्ख्या ४ पुगेको छ । लकडाउनको बेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको भण्डारीले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस