वीरगञ्ज : नोवेल कोरोनाभाइरस (कोभिड–१९)का कारण गत चैत ११ गतेदेखि लगाइएको लकडाउन खुलेसँगै वीरगञ्जमा संक्रमितको संख्यामा दिनप्रति दिन बढेको छ । संक्रमितको संख्या बढिरहँदा अस्पतालहरुले पर्याप्त सेवा दिन नसकिरहेको बेला वीरगञ्जमा निषेधाज्ञा नै जारी गरिएको छ ।
त्यसोत साउनयता पर्सामा २ सय ९० नयाँ संक्रमित थपिएका छन् भने कोरोनाका १३ औा विरामीको मृत्यु भएको छ ।
संक्रमितको उपचारमा संलग्न चिकित्सकमा समेत एकपछि अर्को गरी भाइरस देखिन थालेको छ । जसका कारण त्यहाँ संक्रमण रोकथाम चुनौतीपूर्ण भएको छ ।
लकडाउनको अन्त हुनु अघि दुई जना मात्र साक्रमित भर्ना रहेको वीरगञ्जस्थित नारायणी अस्थायि कोरोना अस्पताल गण्डकमा अहिले कोरोनाको लक्षणसहितका ६३ जना साक्रमितहरु भर्ना छन् । लकडाउनको अन्तसँगै वीरगञ्जमा लक्षणसहितको साक्रमितको संख्यामा अचानक वृद्धि भएपछि यो अस्पतालले अहिले संक्रमितलाई थेग्नसक्ने अवस्था छैन ।
भाइरस संक्रमितको उपचारका लागि ५० शय्या क्षमताको योअस्पतालको अन्य विकल्प समेत नभएको कारण पर्सा जिल्लाका कतिपय संक्रमितलाई अस्पतालमा ल्याउन नसकेर उनीहरु आफ्नै घरमा बस्नुपर्ने र अन्यको सम्पर्कमा आउनुपर्ने बाध्यता छ । यसले संक्रमणको जोखिमलाई झनै बढाएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।
संक्रमितमध्ये केहीको मृत्यु भइसकेको छ भने अझै दिनदिनै मृत्यु हुने क्रम बढ्दो छ । भाइरसको संक्रमणबाट मृत्यु भएर अस्पतालबाट दिनदिनै निस्कने संक्रमितको शवलाई देखेर उपचारमा सालग्न चिकित्सकहरुको मनोबल पनि खस्किँदै गएको छ । पछिल्लो समय भाइरस संक्रमणको रोकथाम र नियन्त्रणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने जनप्रतिनिधि, प्रहरी, सेना र साक्रमितको पहिचान तथा उपचारमा संलग्न केही चिकित्सक र स्वास्थ्यकर्मी समेत भाइरसबाट संक्रमित हुने क्रम बढ्दो छ । यसले वीरगञ्जको अवस्थालाई एकातिर भयावह बनाउँदै गएको छ भने भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका प्रयासहरु निस्प्रभावी जस्तै देखिएका छन् ।
वीरगञ्जको अहिलेको अवस्थाप्रति तिनै तहको सरकार गम्भीर नेखिएकै कारण स्थिति झनै भयावह बन्दैगएको चिकित्सकहरुको गुनासो छ । भारतको बिहार राज्यमा अहिले कोरोना संक्रमणको दर भारतकै अन्य राज्यको तुलनामा उच्च बिन्दुमा पुग्नु र नेपालमा लकडाउनको अन्तसँगै बिहारसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा बिहारबाट विभिन्न बहानामा व्यक्तिहरुको आवागन बढनुले पनि सिमावर्ति जिल्ला पर्सामा संक्रमणको जोखिमलाई झनै बढाएको हो ।
त्यसोत बढी जनघनत्व भएका विदेशका सहरमा कोरोना संक्रमितको संख्या बढ्न धेरै समय नलागेको देखिएकोले नेपालमा पनि त्यही अवस्था आउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।
जनस्वास्थ्यविज्ञ डा. शरद वन्तले लकडाउन खुकुलो पारिएपछि खासगरी जनसंख्या धेरै भएकै ठूला सहरहरू संक्रमण धेरै देखिएकाले पुनः लकडाउनमा फर्किएका छन् ।
त्यसोत संघीय राजधानी काठमाडौंमा पनि जोखिम उच्च रहेकाले त्यो लकडाउनमा जानुपर्ने स्थिति आउन सक्ने बताइन्छ ।
प्रतिकृया दिनुहोस