झापा : झापाको शिवसताक्षी नगरपालिका स्थित ईलाका प्रहरी कार्यालय झिलझिलेले आज आइतबार नगरपालिका विभिन्न क्षेत्रमा कोभिड १९ विरुद्ध जनचेतना कार्यक्रम आयोजना गरेको छ ।
सतासीधाम जेसिजको सहजीकरणमा आयोजना भएको कार्यक्रममा पुर्वपश्चिम लोकमार्ग अन्तर्गत चल्ने सवारी साधनमा माक्स नलगाउने सवारी चालक , सह चालक साथै यात्रुहरुलाइ १ सय रुपैयाँ सम्म जरिवाना गरिने इलाका प्रहरी कार्यलय झिलझिले का प्रहरी निरीक्षक कोमल ठाकुरले बताए ।
समुदायमा कोरोना फैलिने त्रास बढिरहेको बेला शिवसताक्षी नगरपालिकाले जोखिम न्यूनीकरण गर्न उच्च सतर्कता अपनाइरहेको नगर प्रमुख चन्द्र कुमार सेर्माले बताएका छन् ।
नगर भित्र सचेतनामुलक कार्यक्रमलाई अभियान कै रूपमा सञ्चालन गर्ने योजना रहेकोमा आज आइतबार साझ दुधे बजारमा सचेतनामुलक कार्यक्रम आयोजना गरिने समेत जनाइएको छ ।
प्रतिकृया दिनुहोस