• विदेश

    कोरोनाका कारण भारतमा एक मन्त्रीको मृत्यु

      ओमकार टाईम्स


    काठमाडौं : नोवेल कोरोनाभाइरसका कारण भारतमा एक प्रदेश मन्त्रीको मृत्यु भएको छ ।

    बीबीसी हिन्दीका अनुसार कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएको हो ।

    गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको उपचारकै क्रममा आइतबार बिहान निधन बीबीसी हिन्दीले लेखेको छ ।

    उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यसैकारण उनले आइतबार अयोध्या जाने कार्यक्रमसमेत स्थगन गरेका छन् ।

    प्रतिकृया दिनुहोस