• समाचार

    बालुवाटारमा ओली, प्रचण्ड र झलनाथ खनालबीच छलफल

      ओमकार टाईम्स


    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी वरिष्ठ नेता झलनाथ खनालबीच छलफल सुरु भएको छ ।

    उनीहरूबीच आज बिहान १०ः१५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो ।

    पार्टीभित्र देखिएका आन्तरिक विवाद समाधानका लागि ३ शीर्ष नेताबीच छलफल भइरहेको स्रोतले बतायो ।

    पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम समूहले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपामा विवाद झन् चर्किएको छ । यही विवादका कारण नेकपा स्थायी कमिटी बैठक पनि पटकपटक स्थगित भइरहेको छ ।

    प्रतिकृया दिनुहोस