काठमाडौं। कुवेत सरकारले नेपाललाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ।
नेपाल सहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको हो।
कोरोना संक्रमण नियन्त्रणको लागि यस्तो निर्णय गरिएको कुवेत सरकारले जनाएको छ।
कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत रहेका छन्।नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो।
कुवेतमा १ अगस्टदेखि व्यवसायिक उडान सञ्चालन हुँदैछन्। उडान खुले पनि नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेश नदिइने कुवेत सरकारले जनाएको छ।
प्रतिकृया दिनुहोस