• समाचार

    मन्त्रीको निर्देशनपछि कक्षा ९-१२ मा सीमा विवाद पढाइ हुने

      ओमकार टाईम्स


    सरकारले यसै शैक्षिक सत्रदेखि माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूगोल तथा सीमाबारे पढाउने भएको छ।

    छुट्टै सन्दर्भ सामग्री (किताब) तयार गरेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सीमालगायत विषयमा पठनपाठन गर्न लागिएको हो।

    पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यार्थी र शिक्षकका लागि सन्दर्भ सामग्री तयार पारिसकिएको जानकारी दिए।

    ‘नेपालको भूगोल र सीमाबारे जानकारी दिन सन्दर्भ सामग्री बनाइएको छ। त्यो कक्षा ९, १०, ११ र १२ तथा शिक्षक/ विद्यार्थीका लागि हो,’ भट्टराईले भने, ‘यो बेग्लै किताब हो तर विद्यार्थीले अनिवार्य रूपमा पढ्ने किताबजस्तो होइन। आधिकारिक धारणा विकास गर्न विद्यार्थी र शिक्षकले प्रयोग गर्ने किताब हो।’

    प्रतिकृया दिनुहोस