सुनसरीकाे इटहरी उपमहानगरपालिकाले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेकाे छ ।
नगरपालिकामा कार्यरत इन्जिनियरमा कारोना देखिएपछि कोरोना रोकथाम तथा व्यवस्थापन उच्चस्तरीय समितिले उपमहानगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको नगरप्रमुख द्वारिकलाल चाैधरीले शिलापत्रलाई जानकारी दिए ।
उनका अनुसार इटहरीको हाटबजार केही दिनका लागि पूर्णरूपमा गर्ने तर मुख्य बजार क्षेत्रका पसल समय ताेकेर खाेल्न दिने निर्णय पनि भएकाे छ ।
‘अब उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीकाे पीसीआर गरेपछि कार्यालय खाेलिने छ’, मेयर चाैधरीले भने, ‘हाटबजारकाे सन्दर्भमा अर्काे निर्णय नभएसम्म यसै भन्न सकिँदैन ।’
प्रतिकृया दिनुहोस