• समाचार

    सतासीधाम जेसिज को साप्ताहिक कार्यक्रम समापन

      रबिन घिमिरे


    झापा : झापाको शिवसताक्षी नगरपालिका मा रहेको सतासीधाम जेसिजले आफ्नो साताब्यापी कार्यक्रम अन्तरगत विविध कार्यक्रमहरु संचालन गर्दै आज समापन गरेको छ।

     

    सतासीधाम जेजिज बर्ष २०२० का अध्यक्ष जेसि कुमार सिंह सावाँ (लिम्बू ) का अनुसार जेसिज को साताब्यापी कार्यक्रमले सम्पुर्ण नगरवासीहरुमा सकारात्मक सोचका साथै विविध पक्षमा लाभ भएको बताएका छन।

     

     

    आज को समापन कार्यक्रम लाई सम्मोधन गर्दै झापा क्षेत्र न. ४ का संघिय सांसद माननिय एल.पी सावाँ ज्युले सतासीधाम जेसीजले छोटो समयमा धेरै रचनात्मक कार्य गरेर समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गर्नु भएको छ।

     

    नेपाल जेसिज बर्ष २०१७ का राष्ट्रिय अध्यक्ष सिनेटर जेसि प्रकाश प्रसाद अधिकारी ज्यु बाट तालिम सञ्चालन गर्दै विभिन्न शाखा का अध्यक्ष साथै विशिष्ट ब्यक्ती हरु को उपस्तिथि का साथ सतासीधाम जेसिज को साप्ताहिक कार्यक्रम समापन भएको साप्ताहिक कार्यक्रम का मुल संयोजक जेसि अर्जुन भट्टराईले बताउनु भएको छ।

    प्रतिकृया दिनुहोस