• समाचार

    प्रधानमन्त्री के.पी.ओलीको गृह जिल्ला झापामा ने.वि.संघको बिरोध प्रदर्शन

      रबिन घिमिरे


    झापाः नेपाल बिद्यार्थी संघ झापा जिल्लाका विभिन्न स्थानिय तहमा विरोध सभा आयोजना गरेको छ । संघले आज मंगलवार झापा जिल्लाका ५ वटा स्थानीय तह कन्काइ, बिर्तामोड, शनिअर्जुन र मेचिनगर नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकामा सरकारका कार्य प्रति असन्तुष्टि व्यक्त गर्दै बिरोध सभा प्रदर्सन गरेको हो
    विरोध सभामा के.पि ओलि सरकारले भगवान राम र हिन्दु धर्म प्रती अनादर गरेको भन्दै के.पी. ओली सरकारका तिव्र आलोचना गरिएको थियो ।
    सवै स्थानिय तहमा उल्लेख्य रुपमा भेला भएका ने.वि.संघ समर्थक विद्यार्थीहरुले चिनियाँ हस्तछेप सुइकार्य छैन, भ्रस्टहरु नरकमा ,नेपाली जनता सडकमा, केपि तिम्रो पाराले दुख पायो साराले जस्ता नारा लगाएका थिए ।
    विरोध सभामा बोल्दै नेपाल बिद्यार्थी संघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेती ले सडक देखि सदन सम्म पुग्ने आन्दोलन छेड्ने चेतावनी दिए । जिल्ला प्रवक्ता सन्जय निरौला ले ने.बि संघ सदैव देश र जनताको लागि जस्तो सुकै परिस्थिति को सामना गर्न तत्पर रहेको भन्दै आगामी दिनमा सरकारका गलत कार्यको शसक्त ढंगले आवाज उठाउने वताए ।
    ने.बि संघ झापा जिल्ला वरिष्ठ सदस्य विशाल सिटौलाले कोभिड १९ को महामारीमा देश अस्तब्यस्त रहेको अवस्था पनि सरकारको अधिनायकवाद प्रवृत्तिको विरुद्ध सामाजीक दुरि कायम गर्दै नेपाल बिद्यार्थी संघ सडक मा उत्रिन बाध्य भएको बताएका थिए ।

    प्रतिकृया दिनुहोस