काठमाडौं : राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) परित्याग गरेका सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
थापाले आफ्नै बाबुलगायतले गठन गरेको पार्टी परित्याग गर्दै मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालय सनेपामा आज आयोजित कार्यक्रममा नेता थापासहित २१ जनालाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए ।
त्यस क्रममा सभापति देउवा थापा लगायत नयाँ प्रवेशीलाई पार्टी सदस्यता कार्ड दिए ।
कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएको अवस्थामा थापा भने बाहिरिएका हुन् ।
थापाले राप्रपासँग आफ्नो सैद्धान्तिक विमति रहेको बताएका छन् । राप्रपाले परिवर्तन र जनताको माग सम्बोधन गर्न नसकेपछि आफू त्यसमा अटिरहन नसकेको उनले बताए ।
प्रतिकृया दिनुहोस