झापा: झापा को शिवसताक्षीमा रहेको सतासीधाम जेसिजको साता ब्यापी रुपमा जेसिज सप्ताह सुरु भएको आज चौथो दिनका दिन सतासीधाम जेसिज ले शिबसताक्षी नगरपालिका वडा न. १० भित्र बाडीका कारण बिस्तापित भएका नगरबासी हरुलाइ राहत बितरण गरेको छ।पछिल्लो समय सतासिधाम जेसिज ले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको साथै कोभिड १९ ले सम्पुर्ण मुलुक अस्तब्यस्त भएको बेला, देश लकडाउनमा परेको बेला शिवसताक्षी नगर भरी का दैनिक मजदुरि गरि आफ्नो जिविका चलाउने मजदुर साथै अति बिपन्न घर परिवार लाई सतासीधाम जसेज ,लायन्स क्लब अफ शिबसताक्षी साथै गोपाल गौरी दिगो बिकास प्रतिष्ठान ले संयुक्त रुपमा राहत बितरण गरिएको सतासिधाम जेसिज बर्ष २०२० का अध्यक्ष जेसि कुमार सिंह सावाँ (लिम्बु ) ले जानकारी दिए।
सतासिधाम जेसिज साथै AGAPE Nepal AGAPE केन्द्रिय सदस्य नेपाली काङ्ग्रेस शिवसताक्षी नगर सह संयोजक बिनोद ढकाल लगायतको उपस्थितिमा आज सोमबार संयुक्त रुपमा शिवसताक्षी नगरपालिका भित्र पर्ने कन्काइमाइ द्वारा बाडी पिडित वडा न. १० को ९ परिवारहरुलाइ राहत स्वरुप प्रती परिवार ब्लाङकेट , डस्ना , तन्ना बितरण गरिएको सतासिधाम जेसिज बर्ष २०२० का कार्यकारीणि उपाध्यक्ष साथै जेसिज सप्ताह का मुल सम्योजक जेसि अर्जुन भट्टराई ले बताए साथै कैलास शिखर फाउन्डेसन ले प्रती घर १ थान झुल पनि बितरण गरेको जनाइएको छ ।
भावी दिनमा सतासिधाम जेसिजले अझै धेरै सामाजिक कार्यहरु सम्पन्न गर्दै सतासीधाम जेसिज लाई नेपाल कै एक उदारणिय शाखा को रुपमा स्थापित गर्न सकिने प्रतिबद्धता सतासीधाम जेसिज बर्ष २०२० का कोषाध्यक्ष जेसि निर्मला प्रधान ले बताइन् ।
प्रतिकृया दिनुहोस