• देश

    गौरादहका सडक बत्तिहरु झाडी भित्र लुके, ‘मेयर’ लाई थाहै छैन, अनुगमन फितलो

      सान नेपाल


    झापा: ‘कहिँ नभएको जात्रा गौरादहमा’ भन्ने उखानलाई पुष्टि गरेको छ यहाँका सडक बत्तिहरुले । तस्बिरमा देखिएको दृश्य वडा नं. २ बजारबाट हासखोरा जाने बाटोको हो । जहाँ २ नं. वडा कार्यालय पनि रहेकोे छ । सडकको आसपासमा अग्लो झाडी बढेको कारण सडक बत्तिहरु झाडी भित्र छोपिएका छन् । कुनै कुनै बत्ति राम्रै बलेको देखिन्छ त कुनै कुनै नाम मात्रका । रुखले छ्याप्प छोपेको सडक बत्ति जुनकीरी जस्तो बलेको देखिन्छ तर सडक अन्धकार छ । न चेक जाँच छ न त सडक सफा गर्ने अभियान ।

     

    गाउँ गाउँमा सिंहदरबार, जनताको ढाड सेक्नेगरी करको उपहार

     

    , सार्वजनिक सम्पत्तिको न त अनुगमन छ, न कसैलाई चिन्ता । जनप्रतिनिधिहरु यहि बाटो हिड्छ्न्, कसैलाई मतलब नै छैन, नगर प्रमुखको घर पनि गौरादह बजार मै छ तर उनले कहिल्यै सडक वत्ती निरीक्षण गर्न आएको स्थानीयलाई अनुभव छैन । ‘वहाँ आफ्नै चिन्तामा हुनुहुन्छ, गफ मात्र लडाउन आउँछ वहाँलाई, काम कसरी गर्ने भन्ने जानकारी नै छैन’, मेयर साह कै पार्टीका एक कार्यकर्ता ले ओमकार टाइम्स लाई भने । ‘यति गरे, र उति गरें भन्नू भन्दा पनि जनताले पत्याउने गरिको बिकास गरेको देखिनु पर्यो नी, यहाँ प्रतिपक्षीको रूपमा मिडिया मात्र देखिएको छ बाकी ‘मिलि मिली खाउ भाले’ मात्र हो’, अहिलेलाई नाम चाहिँ गोप्य नै रहोस् है भन्दै उनले सुनाए, यहाँ गैर जनप्रतिनिधिको रवाफ छ, बनाउने भन्दा बिगार्ने मिटिङ लाई प्राथमिकता दिइन्छ अनि कसरी बिकास हुन्छ? ‘अहिलेलाई यति नै भनौं, पछी योजना सहित पर्दाफास गरौंला’, उनले भविस्यको आफ्नो योजना सुनाए ।

     

    सडक बत्ति किन झाडीमा छेलिए भन्ने जिज्ञासा राख्दा वडा अध्यक्ष हेमन्त कार्की अहिलेसम्म आफुले त्यस्तो नदेखेको बताउछन् । कामै नलाग्ने भएपछि सोलार बत्ति सबै हटाइएको कार्कीको भनाइ छ । ‘६/६ महिनामा रिपेयरिङ गर्नुपर्ने र कामै नलाग्ने भएकोले सोलार बत्ति हटाइयो, अहिले सबैतिर सडक बत्ति जडान गरिएको छ’, उनले भने । ‘वडा आसपासमा सडक बत्ति झाडीमा छेलिएको भन्ने मलाई कसैले भनेको छैन, क्याम्पस साइडमा होला, हेर्न भ्याएको छैन, म हेर्छु नी’, कार्कीले बताए ।

     

    जनप्रतिनिधि बाटै सहयोग छैन,निलिगिरीका सडक बत्ति गन्ने मात्र काम गरियो- उपमेयर

     

    अनुगमन किन फितलो? भन्ने जिज्ञासामा उपमेयर गिता भेट्वाल वडा अनुगमनमा जादा जनप्रतिनिधि बाट आवश्यक सहयोग नै नहुने उनको भनाइ छ । ‘यो विषयमा अनुगमन गरिदिनुहोस् भन्दा हामीलाई पनि सहज हुन्छ, वडा अध्यक्षहरु समय हाम्रो कुरै सुन्नुहुन्न’ उपमेयर भेट्वालले दुखेसो पोखिन् ।

     

    १५ दिन अगाडी वडा नं. १ निलगिरी कोलोनी आसपासका सडक वत्तीहरु अवलोकन गरिएको सम्म उनले सम्झना गरिन् । नगरपालिका भित्र के कति सडक बत्ति र सोलार बत्ति जडान गरिएका छन् भन्ने कुरा उनलाई जानकारी नै छैन । नगर अनुगमन समिति संयोजक समेत रहेकी उपमेयर भेट्वाल संग दैनिक अनुगमनको लागि आवस्यक पर्ने कागजपत्र समेत हुदैन । कुन विषयको अनुगमन हो र अनुगमनका मापदण्ड के हुन् भन्ने समेत उनलाई जानकारी छैन । अनुगमन गरेबापत कर्मचारीले भत्ता पाउने तर आफुले अनुगमन भत्ता नपाउने उनी बताउछिन् ।

     

    अनुगमन गर्ने जिम्मेवारी उपमेयरको नै हो भन्छन् मेयर रोहित साह । जडान गर्ने कम्पनी संग १ वर्ष हेरदेख गर्ने सम्झौता भएको तर सम्झौता पत्र नहेरी भन्न नसक्ने साह बताउँछन् । कतिपय सोलार बत्ति बल्दैनन्, कतिपयका ब्याट्री चोरी भएको उनको भनाइ छ । घाटहरुमा रहेका सोलार बत्ति ब्याट्री चोरी भएको उनको भनाइले नगर सुरक्षा प्रणाली महबुत नरहेको स्पष्ट हुन्छ । सार्वजनिक सम्पत्ति हराउदा चोरी हुँदा समेत किन मौन हुनुहुन्छ मेयर साव ? भन्दा उनी पत्रकारको प्रश्नलाई नै तोडमोड गरेर गैरजिम्मेवारीपुर्ण तर्क गर्छन् ।

     

    स्थानीय निकायलाई राज्य ले अधिकार सम्पन्न बनाएको छ । गाउँ गाउँमा सिंहदरबार बनाउने भन्दै भने जति बजेट पनि पठाइदिएको छ । संघ प्रदेस र स्थानीय बजेटको विवेकहिन प्रयोगले भ्रष्टाचार र व्यथिती बढेको देखिन्छ भनें सम्पन्न गरिएका बिकास निर्माणलाई संरक्षण गर्ने प्रोटोकल नहुदा गौरादह नगरपालिका मुलुक कै सबैभन्दा बद्नाम नगरपालिका हुने निश्चित छ ।
    जनप्रतिनिधिहरु निर्वाचित भएर आउने बित्तिकै अत्यन्तै महंगो मुल्यमा जडान गरिएका सडक बत्तिहरु झाडी भित्र लुक्दा र चोरी हुँदा समेत वास्ता नगर्नुलाई गैर जिम्मेवारीको पराकाष्ठाको रूपमा हेरिएको छ ।

    ओमकार टाइम्स पढ्दै गर्नुहोला, हामी निरन्तर खबरदारीमा छौँ

    प्रतिकृया दिनुहोस