झापा: झापाको शिव सताक्षी नगरपालिकाले कोरोनाको जोखिम नियन्त्रणमा प्रयासरत रहेको पाइएको छ ।
काकरभिट्टा नाकामा १८ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भए संगै उच्च सतर्कता अपनाइएको यस नगरपालिकामा रहेकोे क्वारेन्टाइनमा हाल १९ जना मात्र रहेको जनाइएको छ । क्वारेन्टाइनमा रहेका १९ जना मध्ये १७ पुरुष र २ महिला रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
क्वारेन्टाइनमा रहेका सबैजनाको पि. सि. आर परिक्षणको लागि आजै स्वाब संकलन गरिएको नगर स्वास्थ्य शाखाका इन्चार्ज रोशन अधिकारीले बताए । ‘क्वारेन्टाइनमा रहेका १९ जना र ४ जना सुरक्षाकर्मी लगायत २५ जनाको पि. सि. आर. परिक्षणको तैयारी गरेका छौँ’, ओमकार प्रतिनिधि संग कुरा गर्दै अधिकारीले बताए । यस अघिको तथ्यांक अनुसार ४ पुरुष र २ महिलामा कोरोना पुष्टि भएकोमा अहिले उनीहरु रिकभर भएर घर फर्किसकेको तथा बाकी १ जना समेत तुरुन्तै रिकभर हुने आशा रहेको जनाइएको छ ।
नगरपालिकाको तर्फबाट क्वारेन्टाइनमा रहेकाहरुको व्यवस्थापनमा कुनै कमि आउन नदिइएको, बिहान बेलुकाको खाना बाहेक दैनिक २ पटक खाजाको समेत व्यवस्था रहेको स्वास्थ्य संयोजक अधिकारीले जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस