• समाचार

    वडा सदस्यलाई किन पर्यो आपत !

      मिलन के राउत


    उर्लाबारी, कुटपिट घटनाको विषयमा लेनदेन भइसकेपछि पनि आफुलाई फसाउन मुद्दा दायर गरिएको उर्लाबारी – ८का वडासदस्य अग्नि लिम्बूले बताएका छन् । पीडित भनिएका व्यक्तिको उपचार खर्च बापत भनेर सहमति गरि रु ४० हजार तिराएर प्रहरीले सुनियोजित रुपमा मुद्दा दर्ता गराएको उनको भनाई छ ।

    गत साउन १ गते राति सवा १० बजे उर्लाबारी – ८ सिसौलीमाा मापसे गरेका एक समूह र वडासदस्य लिम्बूसहित गाउँले समुहबीच झडप भएको थियो ।

    अपशब्द बोल्दै हो–हल्ला गर्दै हिडेको समुहलाई सम्झाउन खोज्दा नमानेपछि धकेलाधकेल भएको लिम्बूको भनाइ छ । सो क्रममा २१ वर्षीय सुदिप थापाको पाखुरामा गहिरो चोट लागेको छ भने अन्य प्रितम पौडेल, पवन खड्का र मिलन प्रसाईं नाम गरेका व्यक्तिपनि पिटिएपछि सो विवाद इलाका प्रहरी कार्यालय उर्लाबारीसम्म पुगेको थियो ।

    यद्यपि, हो– हल्ला गर्दै हिडेको समुहका बारेमा जानकारी गराउँदा प्रहरीले बेवास्ता गरेको कारण अप्रिय अवस्था सिर्जना भएको पनि लिम्बूले बताए । उनका अनुसार प्रहरीले सुरुमा चासो दिएन, अहिले छानीछानी मुद्दा हाल्ने काम गरेको छ । इन्सपेक्टर सुवाश राईको कार्यकक्षमा दुवै पक्षबीच छलफल भइवरी स्थानीय सर्वजित भण्डारीले पीडित पक्षक‍ो तर्फबाट रु ४० हजार बुझेका थिए । एक ढंगले किनारा लागिसकेर दुवैपक्ष घरतर्फ लागिसकेपछि वडासदस्य लिम्बूसहित उर्लाबारी– ८का सौगात लिम्बू र महेश लिम्बूलाई अङ्गभङ्ग सम्बन्धि फौजदारी अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

    वडा सदस्य लिम्बूले अब घटनाका विषयमा अदालतमै फेस गर्नुको विकल्प नभएको जनाए । तत्कालीन एमालेबाट विजयी उनले आफुहरु लाई राजनीतिक रुपमा फसाइएको पनि दाबी गरे । उता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक सुवास राईले सो घटनाका विषयमा कुनै मिलापत्र नभएको बताए । बाहिर मिलेर हुँदैन । प्रहरी कार्यालयमा छलफल सम्म भएको हो तर यो मिलापत्रमा टुङ्गिने केस थिएन, त्यसैले मुद्दा चलायौ । उनले भने । वडासदस्य सहित पीडकहरु फरार रहेकाले उनीहरुको खोजी कार्य भइरहेको पनि इन्सपेक्टर राईले बताए ।

    प्रतिकृया दिनुहोस