शुभलक्ष्मी सहकारी संस्था लिमिटेडको भाग्यशाली उपहार कार्यक्रम अन्तर्गत गौरादह(४ की अपेक्षा पौडेलले प्रथम उपहार प्राप्त गरेकि छिन ।
यही वैशाख ६ गते संस्थाको २२ औं स्थापना दिवसको अवसर पारेर चिठ्ठाको नतिजा प्रकाशन गर्नुपर्ने भएतापनि कोरोना भाइरसको जोखिमका कारण सो कार्यक्रमलाई स्थगित गरिएको थियो ।
लक्की ड्र मार्फत भाग्यशाली उपहार प्राप्त गर्ने तर्फ प्रथम उपहार गौरादह(४ की अपेक्षा पौडेल चिठ्ठा नं.२८५४, दोस्रो उपहार गौरादह(४ का शंभु श्रेष्ठ चिठ्ठा नं.८४२ र गौरादह(१ का टंक प्रसाद अधिकारी चिठ्ठा नं.४५१३ रहेका छन् ।
प्रथम उपहार मा ३२ इन्चको स्मार्ट टिभी, दोस्रो १९० लि. को फ्रिज र तेस्रो भ्याकुम क्लिनर उपहारको व्यवस्था गरिएको थियो ।
चिठ्ठाको नतिजा सार्वजनिक गर्न शुभलक्ष्मी सहकारी संस्थाका सचिव हेमचन्द्र घिमिरे राजुको संयोजकत्वमा, शुभलक्ष्मी सहकारी संस्थाका सदस्य एवं शिक्षक यादव अधिकारी र सहकारी संस्थाका पूर्व संचालक समिति सदस्य एवं शिक्षक गोपाल कोइरालाको सदस्यतामा चिठ्ठा प्रकाशन समितीको गठन समेत गरिएको थियो ।
२०७६ वैशाख ८ देखि २०७७ वैशाख ५ गते सम्म संस्थाको सहकारी पसलमा १ हजार बराबारको सामान खरिद गरे बापत लक्की ड्र कुपन प्रत्येक ग्राहकहरुलाई दिइएको थियो ।
जसमा ग्राहकहरुको ५ हजार ५ सय थान कुपनलाई लक्की ड्र मा समावेश गराइएको संस्थाका उपाध्यक्ष दिलिप भण्डारीले जानकारी दिए । भाग्यशाली उपहार कार्यक्रम अन्तर्गत ५ हजार ५ सय थान कुपन मध्ये २३ जनाले चिठ्ठा मार्फत उपहार प्राप्त गरेका छन् ।
सामाजिक दुरी कायम गर्र्दै प्रकाशन गरिएको चिठ्ठाको नतिजाका लागि सान्त्वना पुरस्कार अन्तर्गत २० जनालाई १ हजार ५ सय बराबरको घरायसी सामानहरु र ३ जनालाई प्रथम, द्वितिय र तृतिय क्रमशः ३२ इन्चको स्मार्ट टिभी, १९० लि. को फ्रिज र भ्याकुम क्लिनर पुरस्कारको व्यवस्था गरिएको थियो ।
यस्तै, भाग्यशाली उपहार अन्तर्गत सान्त्वना उपहार प्राप्त गर्नेहरुमा गौरादह(२ का भास्कर न्यौपाने चिठ्ठा नं. १६२७, गौरादह(२ गंगा खड्का चिठ्ठा नं.४२३९, गौरादह(१ का मौसम चापागाईं चिठ्ठा नं.४५७३, कमल(१ का देवान महतो चिठ्ठा नं.३६९९, गौरादह(७ का हंश नारायण राजवंशी चिठ्ठा नं. ३०९५, गौरादह(१ का हिरानन्द दाहाल चिठ्ठा नं.१७४३, डाँगीबारी(७ का तारादेवी खड्का चिठ्ठा नं.४८००, गौरादह(१ की निरुता भट्टराई चिठ्ठा नं. ११६४, गौरादह(२ का विनम पौडेल चिठ्ठा नं.१६११, गौरादह(५ का विरेन्द्र खत्री चिठ्ठा नं.३६४०, गौरादह(१ का डिल्लीराम श्रेष्ठ चिठ्ठा नं.११८, गौरादह(१ का रोसन कोइराला चिठ्ठा नं. ४२८८, गौरादह(१ का दिल कुमार कार्की चिठ्ठा नं. २७१२, गौरादह(१ की सुशिला खड्का चिठ्ठा नं.२७४०, गौरादह(४ की तारा सुब्बा चिठ्ठा नं.८९२, गौरादह(९ की सिता पोख्रेल चिठ्ठा नं.३२५५, गौरादह(३ की अनिता भुजेल चिठ्ठा नं.१९९२, गौरादह(१ की तुलसा भुजेल चिठ्ठा नं.१६६४, गौरादह(८ की धनमाया तामाङ्ग चिठ्ठा नं.३९४० र गौरादह(३ का ओम विष्ट चिठ्ठा नं.२०९२ रहेका छन् ।
चिठ्ठाको नतिजा शुभलक्ष्मी सहकारी संस्था लिमिटेडको फेसबुक पेजबाट लाइभ प्रकाशन गरिएको थियो भने, संस्थाको सुचनापाटीमा पनि विजेताहरुको नाम राखिने जनाइएको छ ।
शुभलक्ष्मी सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष दिलिप भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस