• समाचार

    सहमति भए अर्कै कुरा हो नत्र प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुहुन्‍न : नेम्वाङ

      ओमकार टाईम्स


    काठमाडौँ — सत्तारुढ नेकपाभित्रको सत्तासंघर्ष तत्कालका लागि मत्थर भएजस्तो देखिन्छ । पार्टी विभाजनसम्म हुने हो कि भन्नेगरी देखिएको विवाद मत्थर भए पनि ‍टरिसकेको भने छैन । अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट केपी शर्मा ओलीलाई राजीनामा दिन स्थायी कमिटी बैठकमा विषय प्रवेश गराउने नेताहरू पछिल्लो समय एउटा पदबाट मात्रै राजीनामा दिए विवादले निकास पाउँछ भन्न लागेका छन् ।

    प्रधानमन्त्रीले हतारमा संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने भनेर दिएको चेतावनीले उत्कर्षमा पुगेको विवाद मिलाउनमा समाधानका लागि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसामू मंसिरमा ‘अर्ली महाधिवेशन’ गर्ने र त्यसबाट एकल अध्यक्ष बन्न प्रस्ताव गरेको सार्वजनिक भयो । तर, अहिलेको अवस्थामा अर्ली महाधिवेशनको सम्भावना कम रहेको नेकपाका नेताहरू बताइरहेका छन् ।

    नेकपाभित्र जारी विवाद समाधानका लागि अध्यक्षद्वय ओली र दाहाल मिल्नुको विकल्प नभएको कतिपय नेता बताइरहेका छन् ।

    दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा सम्भव छैन । महाधिवेशन गरौं र अध्यक्ष बनौं, चुनावमा जाउँ र प्रधानमन्त्री बनौं !

    महाधिवेशन गरौं अर्को अध्यक्ष आउन सक्नुहुन्छ, ल्याउँ । संविधान बमोजिम निर्वाचनमा जाउँ, अर्को प्रधानमन्त्री चुनौं । यो हाम्रो सौभाग्य हो । खुसीको कुरा हो । अहिलेका अध्यक्ष र प्रधानमन्त्रीले ‘म कक्षा दोहोर्‍याउँदिन’ भन्नुभएको छ । ‘म फेरि अध्यक्ष हुन्न’ भन्ने अर्थमा उहाँले त आवश्यक छ भने अलि चाँडो महाधिवशेन गरौं न । म अध्यक्ष दिन्छु, छोड्छु भन्नुभएको छ । उहाँले ‘म अर्कोपटक प्रधानमन्त्री हुन्न । म त चुनावमा हाम्रा उम्मेदवार पार्टीलाई सहयोग गर्न जान्छु । म त सांसदको चुनावसम्म पनि लड्दिन’ भन्नुभएको छ ।

    अहिले कोरोनाले मुलुक समस्याग्रस्त छ । देश ध्वस्त हुने खतरा छ । हामीले त्यो हुनबाट जोगाएका छौं । अहिले छिमेकीहरूसँगको तिक्तताको बीचमा उभिएका छौं । यस्तो बेलामा अध्यक्षले तुरुन्तै छोड्नुपर्छ, प्रधानमन्त्री पदबाट तुरुन्तै हट्नुपर्छ भनेर हामीले झगडा गरिराखेका छौं भन्ने कुरा त मलाई पटक्कै विश्वास छैन ।

    प्रतिकृया दिनुहोस