• समाचार

    दाङमा ७ किलो अफिमसहित चारजना पक्राउ

      ओमकार टाईम्स


    घोराही । दाङ प्रहरीले लागूपदार्थजन्य पदार्थ अफिमसहित चार जनालाई पक्राउ गरेको छ ।

    दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले कालोपदार्थ जस्तो देखिने अफिमसहित चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।

    पक्राउ परेका चारै जनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ । बिशेष सूचनाका आधारमा भालुबाङबाट उनीहरुलाई अफिमसहितपक्राउ गरेको एसपी चन्दले बताए ।

    पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका २ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्ती मगर, ३२ वर्षीय लालमन घर्ती मगर र सुनछहरी ५ का ३५ वर्षीय दुजबहादुर रोका रहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

    उनीहरुको साथबाट लागूऔषध ओसारपसारमा प्रयोग भएको लु १ च ६१७१ नम्बरको जिप र लु ४० प ९८०६ नम्बरको मोटरसाइकल पनि बरामद भएको उनले बताए । बिहीबार पक्राउ परेका चारै जनाविरुद्ध शुक्रबार लागूऔषध मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थप गराएर अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस