• समाचार

    गुणस्तरहिन उत्पादन गर्ने पानी उद्योग कारवाहीमा

      ओमकार टाईम्स


    बाँके – बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो ।

    कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि दुई लाख रूपैयाँ जरिवाना गरेको छ ।

    प्रतिकृया दिनुहोस