• समाचार

    सजाय सहुलियत दिने न्यायाधीशमाथि महाअभियोग लगाउन भन्दै माइतीघर मण्डलमा प्रदर्शन

      ओमकार टाईम्स


    काठमाडौंः पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजायबाट सहुलियत दिने न्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।

    हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका अभियुक्तको कैद सजाय घटाउने विवादास्पद फैसलाका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको ‘कार्यक्षमता’ माथि गम्भीर प्रश्न उठेको हो ।

    राणा र केसीको संयुक्त इजलासले गत असार १५ गतेको मितिमा गरेको फैसलाका कारण अभियुक्त पूर्व डीआईजी रञ्जनप्रसाद कोइराला बिहीवार जेलमुक्त भइसकेका छन् । उक्त फैसलाको पूर्व प्रधानमन्त्री र राजनीतिक दलका नेता तथा कार्यकर्ता, सर्वोच्चकै पूर्व न्यायाधीश, वरिष्ठ अधिवक्ता, अधिवक्ता लगायतले सार्वजनिकरूपमै आलोचना गरिसकेका छन् ।

    सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको सजाय न्यायाधीश जबरा र केसीको इजलासले ८ वर्ष ६ महिना कायम गरिदिएपछि कोइराला सदरखोर डिल्लीबजारबाट बिहीवार जेलमुक्त भइसकेका छन् ।

    कोइरालालाई सजायमा सहुलियत दिने क्रममा प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीले गरेको व्याख्या र त्यसक्रममा लिइएका मुख्य २ आधारमा प्रश्न उठेको छ, जसले फैसला गर्ने न्यायाधीशहरूको कार्यक्षमतामा प्रश्न उब्जाएको छ ।

    प्रतिकृया दिनुहोस