• मनोरञ्जन

    साम्राज्ञीविरुद्ध भुवन केसीले हाले ‘बेइज्जती मुद्दा’

      ओमकार टाईम्स


    काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । शुक्रबार अभिनेता भुवन केसीले साम्राज्ञीविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।

    जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले केसीले अभिनेत्री साम्राज्ञीविरुद्ध ‘बेइज्जती’ मुद्दा दर्ता भएको जानकारी दिए ।

    यसअघि पनि केसीले साम्राज्ञीले आफूलाई झुठो आरोप लगाएको भन्दै कलाकर संघमा उजुरी दिएका थिए । दुव्र्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै केसीले उजुरी हालेका हुन् ।

    सामाजिक सञ्जालमाफृत साम्राज्ञीले विभिन्न तीनवटा फिल्ममा काम गर्दा ती फिल्मसँग सम्बन्धित व्यक्तिले दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।

    प्रतिकृया दिनुहोस