काठमाडौं : विश्वभर तीव्ररूपमा फैलिएको कोरोना संक्रमणको असर दक्षिण एसियाली देशमा पनि परेको छ। दक्षिण एसियाली राष्ट्रहरुमध्ये भारतमा सबै भन्दा धेरै सक्रमित फेला परेका छन्।
भारतमा संक्रमितको संख्या १२ लाख ९० हजार २ सय ८४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३० हजार ६ सय ५७ पुगेको छ। भारतमा हालसम्म ८ लाख १७ हजार ७ सय ३८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ७० हजार १ सय ९१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख १३ हजार १ सय ७५ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ७ सय ५३ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ७७ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार १ सय १० पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ८ सय १ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख १९ हजार २ सय ८ छ। अफगानिस्तानमा संक्रमितको संख्या ३५ हजार ९ सय २८ पुगेको छ।
अफगानिस्तानमा १ हजार २ सय ११ जनाको मृत्यु भइसकेको छ भने २४ हजार ५ सय ५० उपचारपछि निको भएका छन्।
नेपालमा पनि १८ हजार २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १२ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् भने ४३ जनाको मृत्यु भएको छ।
भुटानमा संक्रमितको संख्या ९२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८३ छ।
यस्तै माल्दिभ्समा संक्रमितको संख्या ३ हजार १ सय २० रहेको छ। मृत्यु हुनेको संख्या १५ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ४ सय २८ पुगेको छ ।
प्रतिकृया दिनुहोस