• समाचार

    धनगढीमा महिलाका लागि छुट्टै आइसोलेसन

      ओमकार टाईम्स


    काठमाडौं। कैलालीको धनगढी उपमहानगरमा महिलाका लागि छुट्टै होल्डिङ सेन्टर र आइसोलेसन कक्ष सञ्चालन गरिएको छ ।

    कोरोना संक्रमित महिला तथा गर्भवती तथा सुत्केरीलाई राख्नका लागि धनगढीस्थित ‘बी’ पोलिटेक्निक इन्स्टिच्युटमा होल्डिङ सेन्टर र आइसोलेसन कक्ष सञ्चालन गरिएको हो ।

    अप्ठ्यारोमा परेका महिलाका लागि १२ शय्याको होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको धनगढी मेयर नृपबहादुर वडले बताएका छन् ।

    यस्तै संक्रमित महिलाको उपचारका लागि १० शय्याको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहबाट उपचार गर्न धनगढीमा आएका र अप्ठेरो अवस्थामा रहेका गर्भवती तथा सुत्केरीलाई होल्डिङ सेन्टरमा राखेर उपचार गरिने उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस