• समाचार

    कन्काईको बाढीले झापाको झापा गाउँपालिकामा डुबान

      ओमकार टाईम्स


    झापा — कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकाको वडा नम्बर ७ स्थित राई गाउँका ५० घर डुबानमा परेका छन् ।

    झापा गाउँपालिकास्थित सशस्त्र प्रहरी बल बीओपीका इन्स्पेक्टर सचिन श्रेष्ठका अनुसार बाढी गाउँ पसेपछि सशस्त्र प्रहरी उद्धारमा जुटेको छ ।

    बुधबार मात्रै बाँध मर्मत गरिएको उक्त ठाउँबाटै बाढी पसेको हो । यसअघि जनताको तटबन्धन भत्काएर बाढी पस्दा झापा १ र २ का करिब डेढ सय घर डुबानमा परेको थियो ।

    प्रतिकृया दिनुहोस