काठमाडौंः १२ दिनदेखि मुम्बईको नानावटी अस्पतालमा (कोभिड-१९) को उपचार गराइरहेका अमिताभ बच्चनको स्वाब परीक्षण नेगेटिभ आएको छ ।
तर उनी अझैं एक-दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
अस्पताल स्रोतका अनुसार अमिताभका छोरा अभिषेक बच्चनको सबै रिपोर्ट नेगेटिभ आएको छ । उनलाई बिहिबार बेलुकीसम्म डिस्चार्ज गरिने सम्भावना छ ।
७७ वर्षका अमिताभ र उनका ४४ वर्षीय छोरा अभिषेक बाहेक ४६ वर्षिय ऐश्वर्या राय बच्चन र ८ वर्षिय छोरी आराध्या पनि कोरोना पोजेटिभ पाइएका थिए ।
उनीहरुको नानावटी अस्पतालमा उपचार भैरहेको छ । हिजो (बुधबार) चारै जनाको कोभिड परीक्षण गरिएको थियो । अहिलेसम्म ऐश्वर्या र आराध्याको रिपोर्ट आएको छैन ।
प्रतिकृया दिनुहोस