• समाचार

    गौरादहमा ६ लाख खर्चेर ११ वटा बोका बितरण

      सुमित भण्डारी


    झापा: झापाको गौरादह नगरपालिका वडा न ४ ले नगद ६ लाख रुपैयाँ खर्चेर ११ वटा बोएर जातको बोका वितरण गरेको छ ।

    वडा भित्र रहेका ११ वटै टोल बिकास संस्थालाई नस्ल सुधार कार्यक्रम अन्तर्गत बोका वितरण गरिएको हो । वितरित बोका ७५% बोएर भएको वार्ड अध्यक्ष मडिन्द्र कार्कीले बताए । ‘हामीले नस्ल सुधार कार्यक्रम अन्तर्गत सबै टोल बिकासमा सुबिधा पुग्ने गरि उन्नत जातको बोका वितरण गरेका हौं’, वडाअध्यक्ष कार्कीले ओमकार टाइम्स संग भने ।

    वितरित बोका निकै महंगो परेन भन्ने ओमकार टाइम्सको जिज्ञासामा वडा अध्यक्ष कार्कीले ढुवानी सहित ४५ हजार प्रती गोटा पर्न गएको र ७५% बोयर भएकोले खासै महंगो भन्न नमिल्ने जिकिर गरे । वार्ड अध्यक्ष कार्की अगाडी भन्छन्, ‘वडाले यस पटक नस्ल सुधार कार्यक्रमको लागि योजना बनाएको हो, कार्यक्रमले बाख्रा पालन व्यवसायमा राम्रै मद्दत गर्नेमा म विश्वस्त छु ।’

    प्रतिकृया दिनुहोस