नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौमलले आज थप १०० जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको छ । उनीहरूको देशका विभिन्न ठाउँमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
२४ घण्टाको अवधिमा २०७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म १२ हजार ६८४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ७७९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या २० हजार ८४२ रहेको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट चिनियाँ नागरिकसहित थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
प्रतिकृया दिनुहोस