• समाचार

    कोरोना संक्रमणबाट निधन भएका महोत्तरीका पुरुषको नेपाली सेनाद्वारा अन्त्येष्टि

      ओमकार टाईम्स


    महोत्तरी । महोत्तरी जिल्लाका महोत्तरी गाउँपालिका–३ मडैका ६० वर्षीय एक पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । । नेपाली सेनाको रणभिम गण र नेपाल प्रहरीले सलामी दिएर शवको अन्त्येष्टि गरिएको छ ।

    उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको हो । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।

    अस्पताल आउँदा गम्भिर अवस्थामा रहेको र आईसीयू केयरमा उपचार गर्दै पीसीआर जाँच गर्दा वहाँमा कोरोना पोजेटिभ देखिएको थियो । उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग नरहेको वि पी कोइराला स्वास्थ विज्ञान प्रतिस्ठानले जनाएको छ । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो ।

    कोरोनासँग लड्दा लडदै निधन भएकोमा उनको साहसलाई सम्मान गर्दै सेनाले अन्त्येष्टिमा सलामी दिएको हो । बुधवार विहानै उनको शव जलेश्वर ल्याइएको थियो ।

    शवको अन्तिम संस्कार गर्ने समय परिवारबाट मृतकका छोराहरु आए पनि उनीहरुलाई टाढैबाट अन्तिम दर्शन गराइएको थियो । शव जलेश्वर नगरपालिकाकै जग्गामा व्यवस्थापन गर्ने प्रयास भए पनि जलेश्वर नगरपालिकाको शव व्यवस्थापन गर्न भनिएको जग्गा बाढीको पानी भरिएकाले मणिपालकै जग्गामा शव व्यवस्थापन गरिएको हो ।

    प्रतिकृया दिनुहोस