• समाचार

    राजेश हमालका भाइ राकेश रहेनन्

      ओमकार टाईम्स


    काठमाडौं । अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ । उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो ।

    कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्‍याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारका निधन भएको पारिवारिक स्रोतले बतायो । राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ । राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए ।

    राजेश अहिले काठमाडौंमा नै छन् । राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।अनलाइनखबरबाट साभार

    प्रतिकृया दिनुहोस