• समाचार

    एक हजारको नयाँ नोटमा अब ‘राम-लक्ष्मण’ हात्ती

      ओमकार टाईम्स


    काठमाडौं- नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती ‘राम लक्ष्मण’को चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ ।

    केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो ।

    नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो । बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’

    यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।

    प्रतिकृया दिनुहोस