• मनोरञ्जन

    कोरोनाले गर्दा फिल्म छायाँकनमा जान हतार गर्नु हुँदैनः दीपेन्द्र

      ओमकार टाइम्स


    काठमाडौैं । कोरोनाका कारण सरकारले गरेको लकडाउन पछिल्लो समय केही खुकुलो भएको छ । लकडाउनमा बन्द भएका प्रायः सबै क्षेत्र खुलिसके पनि चलचित्र क्षेत्र भने अझै खुल्न सकेको छैन । चलचित्रकर्मीहरुले यो क्षेत्र पनि खोलिनु पर्ने आवज उठाइरहेका छन् ।

    सरकारले चलचित्र क्षेत्र खेल्न बाकी राखेपनि अहिले केही चलचित्रकर्मी नयाँ फिल्म छायाँकनको तयारीमा जुटेका छन्, भने केही लकडाउन अगाडि अधुरो रहेको फिल्म पुरा गर्ने सुरसारमा छन् । 
    तर, निर्देशक दीपेन्द्र लामा भने कोरोनाको कहर अझै सहज अझै नभएकोले फिल्म छायाँकनमा जान हतारो गर्न नहुने बताउँछन् ।

    ‘कोरोनाको कहर दिन प्रतिदिन बढ्दो छ । यस्तो अवस्थामा फिल्म छायाँकनमा निस्किनु उपयुक्त हुँदैन’ लामाले भने ‘पहिले कोरानाको डर सकिनु पर्यो । स्कुल, कलेज खुल्नु पर्यो । अनिमात्र छायाँकनमा निस्किनु उपयुक्त हुन्छ ।’ 
    फिल्म लागि ठुलै मेनपावर प्रयोग हुने भएकोले पनि अहिलेको समय फिल्म छायाँकनको लागि उपयुक्त नहुने तर्क लामाको रहेको छ ।

    लामाको फिल्म ‘दुई नम्बरी’ पनि लकडाउनका कारण रोकिएको छ । यो फिल्म पुरा गर्न हतारो गरेर आफु कलाकार तथा प्राबिधिकको जीवन माथि खेलबाड नगर्ने लामाले सुनाए ।
    लकडाउन अगाडि फिल्म ‘२ नम्बरी’को छायाँकन पोखरामा चल्दै थियो । आधाआधी पुरा नहुँदै लकडाउनका कारण फिल्मको छायाँकन रोकिन पुग्यो ।

    लकडाउन केही साता त होला नि भनेर फिल्म युनिट छायाँकनको सम्पूर्ण इकुप्मेन्ट पोखरामै राखेर काठमाडौं फर्किएको थियो ।
    ‘२ नम्बरी’ दयाहाङ राई, पल शाह, बर्षा राउत र भुटानी अभिनेत्री उगेन छोदेन लगायतको मुख्य अभिनय रहने फिल्म हो । जसका लेखन पनि निर्देशक लामाले नै गरेका हुन् । फिल्मको रिलिज मिति यसै वर्षको जनै पूर्णिमा बताइएको थियो । 

    तर, समयमा छायाँकन पुरा हुन नसकेपछि रिलिज मिति समेत सर्ने देखिएको छ ।
     

    प्रतिकृया दिनुहोस