• राजनीति

    कांग्रेस सांसद ज्वारचनले लिइन् शपथ

      ओमकार टाईम्स


    काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचन पद तथा गोपनियताको शपथ लिएकी छन् । गुल्मीकी ज्वारचनलाई आइतबार सभामुख अग्नि सापकोटासमक्ष शपथ लिएकी हुन् ।

    ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा कांग्रेसले ज्वारचनलाई सांसद बनाएको थियो । समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो ।

    सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन अयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः सांसद बन्न पाउने व्यवस्था छ । र, कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ ।

    त्यसैले रिक्त पदमा ज्वारचन स्वतः सांसद बनेकी हुन् ।

    प्रतिकृया दिनुहोस