• राजनीति

    नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

      ओमकार टाईम्स


    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ ।

    आज आइतबार ३ बजेको लागि तय भएको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निकास बालुवाटारमा बस्ने गरि स्थगित गरिएको नेकपा पार्टी कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वर रिजालले विज्ञप्ती जारी गर्दै जानकारी दिएका हुन् ।

    स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ । असार १० गतेबाट नेकपा स्थायी कमिटी बैठक शुरु भएको थियो ।

    प्रतिकृया दिनुहोस