काठमाडौं : भारतको बनारसमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नागरिक नभएको खुलेको छ ।
जबरजस्ती शीर मुण्डन गरिएको भनिएको यूवा भारतीय नागरिक नै रहेको बनारस प्रहरीले पुष्टि गरेको छ ।
भारतीय प्रहरीका अनुसार छिमेकी मुलुक नेपाल र नेपालीमाथि आपत्तिजनक टिप्पणी गर्नेविरुद्धको कारबाही जारी रहेको छ । हालसम्म ६ जनालाई पक्राउ गरिएको छ ।
प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ–‘भिडियोमा देखिएका व्यक्ति भारतीय नागरिक हुन्, उनको वाराणसीमा जन्म भएको र उनको परिवार सरकारी सेवामा कार्यरत रहेका छन् ।’
यसअघि घटनामा संलग्न भएको आरोपमा सन्तोष पाण्डे नाम गरेका व्यक्तिलाई प्रहरीले शुक्रबार अपराह्न पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले नै भिडियो बनाएका थिए । उनको मोबाइलबाड सो भिडियो समेत बरामद भएको प्रहरीले जानकारी दिएको थियो ।
प्रतिकृया दिनुहोस