काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ । दिउँसो तीन बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक जारी रहेका बेला मन्त्रीहरु पनि बालुवाटार आएका छन् ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत बालुवाटार प्रवेश गरेका हुन् ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि सचिवालय बैठक बसिरहेका बेला उनीहरु पनि बालुवाटार प्रवेश गरेका हुन् ।
पार्टीभित्र विवाद चर्किँदै गएपछि नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर सचिवालय बैठकमा छलफल सुरु गरेको छ । आजको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।
प्रतिकृया दिनुहोस