• समाचार

    कैद सजाय भोग्दै आएकी एक महिलाको मृत्यु

      ओमकार टाईम्स


    जनकपुरधाम : महोत्तरीको जलेश्वरस्थित जिल्ला कारागारमा ज्यान मुद्दामा कैद सजाय भोग्दै आएकी एक महिलाको मृत्यु भएको छ ।

    गत मंसिर १९ गतेदेखि कैद सजाय भोग्दै आएकी सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर–४ बस्ने ३५ वर्षीया नुरजहाँ खातुनको उपचारका क्रममा मृत्यु भएको हो ।

    विगत केहि दिनदेखि जेलमै बिरामी परेकी खातुनको अवस्था गम्भीर भएपछि गत बिहीबार उनलाई जलेश्वरस्थित जिल्ला अस्पतालमा भर्ना गरिएको कारागारका जेलर मकसुदन महासेठले बताए ।

    उपचारकै क्रममा खातुनको शुक्रबार राति करिब २ बजेतिर निधन भएको जेलर महासेठले बताए । विगत १५ दिनदेखि टाउको दुख्दै आएको उनलाई सामान्य औषधी दिँदै आएकोमा बिहीबार अचानक अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको महासेठले बताए ।

    प्रतिकृया दिनुहोस