• अर्थ

    निजीक्षेत्रलाई सरप्राइज : ऋण तिर्ने समय ६ महिनादेखि १ वर्षसम्म थप

      ओमकार टाईम्स


    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्ने समय कम्तीमा ३ महिना थप गरेको छ ।

    राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कम्तीमा ३ महिना र व्यवसायको प्रकृति हेरर अधिकतम २ वर्षको समय थप गर्ने व्यवस्था गरेको हो ।

    कम क्षति पुगेको क्षेत्रलाई पुस मसान्तसम्ममा ऋण तिरे पुग्ने गरी व्यवस्था गरिएको छ । यसअघि निजीक्षेत्रले ऋण तिर्ने समय थप गर्न सरकारका अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नरलगायतको ध्यानाकर्षण गराउँदै आएकाे थियाे ।

    अवस्था सामान्य हुने समयसम्मका लागि ऋण तिर्ने समय थप्न र जरिमाना नलगाउन निजीक्षेत्रले माग गरेकोमा राष्ट्र बैंकले १ वर्षसम्मको समय राखेको हो ।

    नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले असर परेका क्षेत्रलाई आवश्यकता हेरी ऋण तिर्ने समय निर्धारण गर्ने जनाएको छ । मध्यम असर परेकालाई चैत मसान्त र अति प्रभावितलाई २०७८ असारसम्मको समय थपिएको छ ।

    अति प्रभावितलाई योजना हेरेर थप समय पनि दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । २०७९ असारसम्मका लागि समय थप गरिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस