• समाचार

    भारतमा नेपालीमाथि अत्याचार, कपाल मुडेर प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाइयो

      ओमकार टाईम्स


    नेपाल–भारत बढ्दो तनावबीच भारतमा रहेका नेपालीमाथि अपमानपूर्ण व्यवहार भएका खबरहरू बाहिर आउन थालेका छन् ।

    बनारसमा रहने एक नेपालीलाई बुधबार जबर्जस्ती कपाल मुण्डन गराएको समाचार बाहिर आएको छ ।

    ती नेपालीको टाउकोमा जय श्रीरामको नारा लेखेर नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मूर्दावादको नारा लगाउन बाध्य पारिएको छ ।

    नेपालीमाथि यो अपमानपूर्ण हर्कत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र वाराणसीमा विश्व हिन्दू सेनाले गरेको हो ।

    विश्व हिन्दू सेनाले यसको भिडियो नै जारी गर्दै प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको छ ।

    बनारसमा रहेका नेपालीलाई पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार भारतविरोधी अभिव्यक्ति दिएमा त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिइएको छ ।

    घाटमा कपाल मुण्डन गराएर जय श्रीरामको नारा लगाउनुका साथै प्रधानमन्त्री ओलीविरुद्ध समेत नारा लगाउन लगाइएको थियो ।

    प्रतिकृया दिनुहोस