युगोस्लाविया विभाजन भएपछि सन् १९९० मा बाल्कन प्रायद्वीपको बोस्निया–हर्जेगोविना देश अस्तित्वमा आएको थियो ।
जातीय आधारमा यहाँका दुई सत्ता अस्तित्वमा छन् । एउटा फेडरेशन अफ बोस्निया र हर्जेगोविना र अर्को रिपुब्लिका सप्र्स । यी दुबैको आ–आफ्नै संविधान र आफ्नै प्रधानमन्त्री छन् ।
यद्यपि, अब यहाँ एउटा कुरा समान देखिएको छ । यी दुबै सत्ताका प्रधानमन्त्री कोरोनाभाइरसद्वारा संक्रमित पाइएका छन् ।
बोस्नियाका प्रधानमन्त्री फादिल नोवालिक एक समारोहको क्रममा बिरामी भएका थिए । उनलाई अब अस्पतालमा भर्ना गरिएको छ र सान्जेवोको कोरोनाभाइरस वार्डमा राखिएको छ ।
यस्तै उनका समकक्षी रेपुब्लिका सर्प्सका प्रधानमन्त्री रेडोवन विस्कोविच बुधबार कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएका छन् ।
बाल्कन प्रायद्वीपका थुप्रै देशमा पछिल्लो हप्ता कोरोनाभाइरस संक्रमितमा तीब्र वृद्धि देखिएको छ । यसमा बोस्निया पनि समावेश छ ।
जोन्स होपकिन्स युनिभर्सिटीका अनुसार देशमा यतिबेला ७ हजार ४ सय १ संक्रमित छन् भने २ सय ३५ को मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस