• मनोरञ्जन

    मायालु तिमी कता छौ- २ (सिरिरी सिरिरी) सार्वजनिक

      ओमकार टाइम्स


    काठमाडौं । चर्चित कलाकार पल शाह र स्वस्तिमा खड्का तीन वर्षपछि म्युजिक भिडियो ‘मायालु तिमी कता छौ– २ (सिरिरी सिरिरी)’ मा देखिएका छन् । गज्जब टिभी युट्युब च्यानलमार्फत सो म्युजिक भिडियो सार्वजनिक भएको छ । 
    यस गीतको शब्द दिनेश थपलिया, संगीत राजनराज शिवाकोटी, स्वर स्मिता दाहाल र राजनराज शिवाकोटीको रहेको छ ।

    यस म्युजिक भिडियोमा एरेन्ज साहस शाक्य, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ । भिडियोमा छायाँकन नवराज उप्रेती, सम्पादन अर्जुन जि.सी, कलर श्याम कार्की,  कोरियोग्राफी÷कथा विक्रम स्वारको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन् । 

    प्रतिकृया दिनुहोस