• समाचार

    मुक्तिनाथ विकास बैंकको कार्यालय अगाडि बाल्टिन बम फेला

      ओमकार टाईम्स


    सल्यान : जिल्लाको बाग्चौर नगरपालिकास्थित रहेको मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय नजिकै बम भेटिएको छ । बिहीबार बिहान कार्यालयको सटर नजिकै बाल्टिन बम भेटिएको हो ।

    जनपरिषद सल्यानको नाममा कार्यालय बाहिर बम राखेको र त्यसमा टाँसेर राखेको एउटा पर्चा पनि भेटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी ढकेन्द्र खतिवडाका अनुसार कोरोना महामारीको समयमा किसानहरुसँग ऋण असुली गरेको र लकडाउनको समयमा किसानलाई ऋण तिर्न बाध्य पारेकोले बम राखिएको हो ।

    बैंक छेवैमा बम भेटिएपछि अहिले उक्त क्षेत्र सिल गरिएको डीएसपी खतिवडाले बताए । बम निष्क्रिय बनाउन नेपाली सेनाको डिस्पोजल टोली बाग्चौर जाँदै गरेको छ ।

    प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले बम आफूले राखेको दाबी गरेको छ । विप्लव समूहका सल्यान सेक्रेटरी ‘तुफान’ले महामारीका बेला बैंक तथा लघुवित्तले नागरिकलाई ब्याजको किस्ता असुलीरहेका कारण चेतावनीस्वरुप जनपरिषद सल्यानको संयोजक बारुदको नेतृत्वमा बम राखिएको जनाएका छन् ।

    प्रतिकृया दिनुहोस