निजी विद्यालयले १ साउनदेखि वैकल्पिक शिक्षण सिकाइ बन्द गर्ने घोषणा गरेका छन् । प्याब्सन र एनप्याब्सनले बुधबार विज्ञप्ति निकालेर वैकल्पिक शिक्षण सिकाइ बन्द गर्ने घोषणा गरेका हुन् ।
प्याब्सन अध्यक्ष टीकाराम पुरी र एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘१ साउनदेखि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरी आफ्ना शिक्षक–कर्मचारीलाई बेतलबी घरबिदा दिने अप्रिय निर्णय गर्न बाध्य भएका छौँ ।’
निजी विद्यालयले वैकल्पिक कक्षा (अनलाइन/अफलाइन मार्फत) थप व्यवस्थित गर्ने तयारी थाल्यौँ र इन्टरनेटमा पहुँच नहुने विद्यार्थीका लागि टेलिभिजन, रेडियो तथा एफएममार्फत समेत दूरशिक्षा कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।
‘घरभाडा, बैंकको किस्ता तथा ब्याज, बीमा, टेलिफोन, बिजुली, इन्टरनेट इत्यादि खर्च धान्न नसक्ने गरि विद्यालयको आर्थिक अवस्था जर्जर भएको छ,’ विज्ञप्तिमा भनिएको छ । ११ महिनाको शुल्क उठाउन पाउनु पर्नेलगायतका माग निजीले राख्दै आएका छन् ।
प्रतिकृया दिनुहोस