• अर्थ

    भोलिबाट अन्तर-बैंक एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

      ओमकार टाईम्स


    भोलिबाट अन्तर-बैंक एटिम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था हट्ने भएको छ । कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन अवधिभरमा बैंक तथा वित्तीय संस्थाहरूले अन्तर-बैंक एटिएम प्रयोग गर्दा शुल्क नलिने व्यवस्था गरेका थियो ।

    जुनसुकै बैंकको एटिएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था भोलि बिहीबारबाट हट्ने भएको नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले सूचना जारी गरेर जानकारी दिएका छन् । सूचनामा शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने पनि जनाइएको छ ।

    लकडाउन पनि खुकुल्लो भएको र बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरू पनि खुलेका कारण अन्तर-बैंक एटिएम प्रयोग गर्दा शुल्क नलिने व्यवस्था हटाइएको जारी सूचनामा भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले गत वर्ष ७ चैतबाट विद्युतीय कारोबार निःशुल्क प्रदान गर्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस